काठमाडौं। नेपालले सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटको उपाधि जितेको छ। सोमबार भएको फाइनलमा नेपालले हङकङलाई D/L बाट १९ रनले हरायो।
१८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर एक सय १४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र निर्णय D/L बाट लिइयो।

नेपालका कुशल भुर्तेलले ६५ र रोहित पौडेलले ३५ रन बनाए। यसअघि समूहमा विजेता बनेको नेपालले सेमिफाइनलमा ओमानलाई हराएको थियो।


