काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गृहमन्त्रीमा सुदन गुरुङलाई फर्काएका छन्।
मंगलबार प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्री नियुक्त गरे। स्वतन्त्र सांसद महाविर पुन पनि मन्त्री बनेका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि सम्पत्ती स्रोतमाथी प्रश्न उठेपछि तत्कालिन गृहमन्त्री गुरुङले राजिनामा दिएका थिए। न्यायधिशस्तरीय छानबिन समितीले हालै मात्र प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदन सार्वजनिक नगरिकन बालेनले गुरुङलाई पुन गृहमन्त्रीमा नियुक्त गरेर उनले क्लिन चिट पाएको सन्देश दिएका छन्।
गुरुङले राजिनामा दिएपछि प्रधानमन्त्री बालेनले आफै गृहमन्त्रालय सम्हालिरहेका थिए।


