काठमाडौं। Li Ning ले नेपालको राष्ट्रिय बास्केटबल टिमका लागि थप ४ वर्ष प्रायोजन सम्झौता गरेको छ।
नेपालको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्राली र नेपाल बास्केटबल संघबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भयो। कम्पनीका तर्फबाट सीईओ राजन महर्जन र संघका तर्फबाट अध्यक्ष भीमसिंह गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताबापत Li Ning ले यू-१८ र त्योभन्दा माथीका महिला/पुरुष राष्ट्रिय टोलीका लागि जर्सीलगायत सामग्रीहरु उपलब्ध गराउने छ। चार वर्षअघि देखि Li Ning ले नेपाल बास्केटबल टिमसँग सहकार्य गर्दै आएको छ।


