काठमाडौं। बिहीबार राती भएको २३ औँ संस्करणको विश्वकपको उदघाटनमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दा ब्राजिलियन रेफ्री विल्टर साम्पाइयोले तीनवटा रेड कार्ड देखाएर चर्चामा आएका छन्। ४४ वर्षीय साम्पाइयो सन् २०१३ यता फिफा रेफ्री रहेका छन्।
कतार विश्वकप मात्र होइन, ८ वर्षअघि भएको रुस विश्वकपमा पनि प्रतियोगिताभर जम्मा ४ वटा रेड कार्ड देखाइएको थियो। विश्वकपमा एकै खेलमा तीनवटा रेड कार्ड देखाइएको सन् २००६ यता पहिलोपटक हो।

त्यतिबेला पोर्चुगल र नेदरल्यान्ड्सबीच भएको खेलमा रेफ्रीले ४ वटा रेड कार्ड देखाएका थिए। त्यस प्रतियोगिताभर कुल २८ वटा रेड कार्ड देखाइएको थियो जुन एकै विश्वकपको कीर्तिमान हो।


