काठमाडौं। दक्षिण कोरियाले विश्वकप फुटबल २०२६ अन्तर्गत शुक्रबार बिहान चेक गणतन्त्रलाई २-१ गोलले हराएर विजयी सुरुवात गरेको छ।
एसियाली राष्ट्र दक्षिण कोरियाको विजयी सुरुवातमा ह्वाङ इन बियोम र ओ ह्युन ग्युले गोल गरे।

बियोमले ६७ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए भने उनकै पासमा ग्युले ८० औँ मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई २-१ गोलले अगाडि बढाएका थिए। त्यसअघि ५९ औँ मिनेटमा चेक गणतन्त्रले अग्रता लिएको थियो।
चेक गणतन्त्रविरुद्ध निर्णायक गोल गरेका ग्यु चर्चित खेलाडी सन हिउङ मिनको स्थानमा मैदान छिरेका थिए दोस्रो हाफमा। ६९ औँ मिनेटमा उनले सनको स्थान लिएका थिए। २५ वर्षीय यी स्ट्राइकरको यो सातौँ अन्तर्राष्ट्रिय गोल हो। उनले बेसिक्टासबाट व्यावशायीक फुटबल खेल्छन्।


