काठमाडौं। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सिमा सुरक्षा बल-एसएसबी प्रवेश गरेको घटनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिसँग जोड्न नहुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
मन्त्रि परिषद् बैठकको निर्णय सुनाइरहेका पोखरेललाई सन्चार मन्त्रीले सोधेका थिए, प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको हो?

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले कुनै सम्बन्ध नरहेको जवाफ दिए।
‘प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको होइन, बर्सौंदेखि सुस्तामा यस्तो समस्या आउँदै गरेको थियो। यस्तोमा सबभन्दा धेरै धन्यवाद त्यहाँ बस्ने सुस्ताका नेपाली नागरिकलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई संरक्षण गर्दै आइरहनु भएको छ।’
सुस्ता प्रवेश गरेका एसएसबीलाई सिमामा बस्ने नेपालीले खेदेका थिए। उनले सुस्तावासी नेपाली नागरिक नै प्रशंसाका पात्र भएको भन्दै उनीहरूलाई नमन गर्नुपर्ने धारणा राखे।


