काठमाडौं। विश्वकप फुटबलअन्तर्गत सर्वाधिक ५ पटकको विजेता ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। आइतबार बिहान भएको खेलमा मोरक्कोले ब्राजिललाई १-१ गोलको बराबरीमा रोक्यो।
दुवै गोल पहिलो हाफमा भएका थिए। सुरुवाती अग्रता मोरक्कोले लिएको थियो, 21 औँ मिनेटमा। मोरक्कोका इस्माइल साइबारीले गोल गरे ३२ औँ मिनेटमा ब्राजिलले खेल बराबरीमा ल्याएको थियो।

ब्राजिलका भिनिसियस जुनियरले गोल गरेका थिए। त्यसअघि शनिबार राती भएको खेलमा कतारले स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो।
ब्रिल इम्बोलोले १७ औँ मिनेटमा स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको इन्जुरी समयमा स्वीट्जरल्यान्डका खेलाडीबाट आत्मघाती गोल हुन पुगेको थियो।
डिफेन्डर मिरो मुहैमबाट भएको आत्मघाती गोलमा कतारले खेल बराबरीमा ल्यायो र अन्तत एक अंक बटुल्न सफल भयो।


