काठमाडौं। विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्यान्डले शानदार सुरुवात गरेका छन्।
आइतबार बिहान अस्ट्रेलियाले टर्कीलाई २-० र स्कटल्यान्डले हैटीलाई १-० गोलले हराए। अस्ट्रेलियाको जितमा कन्नर मेटकाल्फी र नेस्टोरी इरानकुन्डले गोल गरे।

यस्तै अर्को खेलमा स्कटल्यान्डका जोन म्याकगिनले निर्णायक गोल गरे।


