काठमाडौं। मेक्सिकोपछि अर्को घरेलु टोली अमेरिका पनि जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ।
अस्ट्रेलियालाई २-० गोलले हराउँदै अमेरिका लगातार दोस्रो जितसहित विश्वकपको अन्तिम-३२ पुगेको छ।

अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे। अर्को गोल अस्ट्रेलियाका क्यामरुन बर्गेसबाट ११औँ मिनेटमा आत्म घाती गोल भएको थियो। फ्रिम्यानले ४३ औँ मिनेटमा गोल गरेका थिए।
यता ब्राजिलले हैटीलाई ३-० गोलले हरायो।
ब्राजिलको जितमा म्याथ्युज कुन्हाले २ र भिनिसियस जुनियरले एक गोल गरे। ब्राजिलले तीनवटै गोल पहिलो हाफमा गरकेो थियो।
पहिलो खेलमा मोरक्कोसँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलको आलोचना भएको थियो। ब्राजिलले अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ।
म्यानचेस्टर युनाइटेडका २७ वर्षे फर्वार्ड कुन्हाले २३ र ३६ औँ मिनेटमा गोल गरेका थिए। दोस्रो गोलमा कुन्हालाई असिस्ट गरेका भिनी आफैले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। यसअघि मोरक्कोविरुद्ध पनि भिनिले नै गोल गरेका थिए।
मोरक्कोले पनि स्कटल्यान्डलाई १-० गोलले हरायो। मोरक्कोको जितमा इस्माइल साइबरीले गोल गरे। ब्राजिलविरुद्ध पनि साइबरीले गोल गरेका थिए।


