काठमाडौं। साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स लगातार दोस्रो जित हात पार्दै जारी विश्वकपको नकआउट चरण पुगेका छन्। पछिल्ला खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० र फ्रान्सले इराकलाई ३-० गोलले हराए।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुवै गोल गरे र विश्वकपको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि भए। उनले अघिल्लो खेलमा ह्याट्रिक गरेका थिए। विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ।

यता एमबाप्पेले लगातार दोस्रो खेलमा दुई गोल गरे र विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्।


