काठमाडौं। जिल्ला अदालत काठमाडौँले विजनेस भेन्चर्स मिडिया प्रालिद्वारा संचालिन विजनेसन्युज डटकममा प्रकाशित साईमेक्स ईन्क प्रालिका विषयका समाचारको सन्दर्भमा गरेको आदेशप्रति अनलाइन प्रत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला अदालत काठमाडौँले जेठ २५ गते भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको र निवेदन अन्तिम टुङ्गो नलागेसम्म उल्लिखित शिर्षकका संचार सामाग्री अब बिजनेश भेन्चर मिडिया समेतका संचार माध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्नू नगराउनू र प्रकाशन प्रसारण गरी सकेका उक्त सामाग्री थप संप्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनू भनी विपक्षी विजनेस भेन्चर्स मिडिया प्रालिका नाममा आदेश गरेको थियो।

संघद्धराा जारी विज्ञप्तीमा भनिएको छ, ‘अदालतको यो आदेशले पत्रकारिताको मुल मर्ममा समस्या सिर्जना भएको छ । जस्तो कि पत्रकार आचारसंहिता २०७३ को ५(८) मा अनलाइन संचारमाध्यमबाट प्रकाशन प्रशारण भएको समाचार सकेसम्म हटाउनु हुँदैन भन्ने उल्लेख छ । अदालतले प्रकाशित समाचार अनलाइन माध्यमबाट हटाउनू भनेर दिएको आदेशले पत्रकार आचार संहिताको सो व्यवस्थामाथि दख्खल पुग्छ भन्ने अनलाइन पत्रकार संघको ठहर छ ।’
अगाडि लेखिएको छ, ‘ जिल्ला अदालत काठमाडौँले सो समाचारको सत्यता परीक्षण गरिएको भनेको छैन । समाचारको सत्यता अर्थात समाचारमा समावेश भएका तथ्य सही हुन कि गलत भन्ने निष्कर्षमा अदालत आफै नपुगी समाचार हटाउनु भनेर अन्तरकालिन आदेश दिइएको छ । सो विषयमा अन्तिम फैसला गर्ने समयसम्म पुग्दा समाचार सही ठहर हुन्छ वा गलत ठहर हुन्छ भन्ने मनसायले अहिले आदेश गरिदा पत्रकारिताको मुलमर्म नै मर्छ भन्ने अनलाइन पत्रकार संघको ठहर छ।’

