काठमाडौं। सह आयोजक क्यानडा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा पुगेको छ।
सोमबार बिहान भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० गोलले हराएर अन्तिम १६ पुग्ने पहिलो टोली बन्यो। क्यानडा विश्वकपमा प्रिक्वाटरफाइनल पुगेको पहिलोपटक हो।

दक्षिण अफ्रिकाविरुद्ध स्टेफन युस्टाक्युले निर्णायक गोल गरे। यी २९ वर्षीय मिडफिल्डरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हु्न्।

