काठमाडौं। पूर्व विजेता इङ्ल्यान्डसहित बेल्जियमन र अमेरिका पछिल्ला खेलहरु जित्दै प्रिक्वाटरफाइनलमा पुगेका छन्। इङ्ल्यान्डले डीआर कंगोलाई २-१ गोलले हरायो। इङ्ल्यान्डका दुवै खेल हेरि केनले गरे। इङ्ल्यान्डले अब प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्ने छ।
यस्तै अर्को खेलमा बेल्जियमले सेनेगललाई ३-२ गोलले हरायो। ८५ औँ मिनेटसम्म २-० गोलले पछाडि रहेको बेल्जियमले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो। उसले अतिरिक्त समयको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै खेल जितेको हो। बेल्जियमले अबको खेलमा अमेरिकासँग खेल्ने छ।

यस्तै अमेरिकाले बोस्निया एन्ड हर्ज गोभिनालाई २-० गोलले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ। ६४ औँ मिनेटमा १० खेलाडीमा सिमित भएको अमेरिकाले त्यसपछि पनि एक गोल गरेको थियो।


