काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि सपना कायमै रहेको छ, पोर्चुगल बिहीबार बिहान क्रोएसियालाई २-१ गोलले हराएर अन्तिम १६ पुग्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले गोल गरे।
खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो, ५३ औँ मिनेटमा। इभाना पेरिसिचले गोल गरेका थिए। ६८ औँ मिनेटमा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याएका थिए। इन्जुरी समयमा राफायल लियोको क्रसमा हेड गोल गर्दै रामोसले अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा रोनाल्डोले पहिलोपटक गोल गरेका हुन्।

पोर्चुगलले क्वाटरफाइनल प्रवेशका लागि पूर्व विजेता स्पेनसँग खेल्ने छ। स्पेनले अन्तिम ३२ भिडन्तमा अस्ट्रियालाई ३-० गोलले हरायो। स्पेनका मिकेल ओयारजबलले २ गोल गरे।




