काठमाडौं। विश्वकप फुटबलको फाइनल पुग्न मंगलबार दुई पूर्व विजेता स्पेन र फ्रान्स भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राती पौने १ बजे अमेरिकाको टेक्ससस्थित एर्लिङ्टन स्टेडियममा हुने छ।
९५ हजार दर्शक क्षमताको यो रंगशालामा अहिलेका दुई चर्चित युवा खेलाडी लमिन यमाल र केलियन एमबाप्पे आमने सामने हुनेछन्। एमबाप्पे ८ गोलसहित गोल्डेन बुटको दौडमा पनि छन्।

दुवै टोलीले जारी प्रतियोगितामा एक खेल पनि हारेका छैनन्। स्पेनले फ्रान्सविरुद्ध भएका पछिल्ला दुई भिडन्त जितेको छ, युरो कप र नेसन्स लिगको सेमिफाइनलमा भिडेको थियो।


