काठमाडौं– पछिल्लो ११ महिनामा झन्डै २१ खर्ब २१ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भइ २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो।
जेठ महिनामा मात्र २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गएको बैशाख महिनमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो।

चालु आर्थिक वर्षको सुरुको ११ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५९ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३,६७,२११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,५५,७३५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,५२,३२४ र ३,०८,०६७ रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २४ अर्ब ६८ करोड डलर पुगेको छ। यस्तो सञ्चिति १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
२०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ।
गएको जेठ महिनामा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गएको बैशाख महिनमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो।
गएको ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भइ २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो।
यस्तै व्यापारतर्फ निर्यात १२.३ प्रतिशतले र आयात १५.२ प्रतिशतले बढेको छ।
सरकारी वित्ततर्फ नेपाल सरकारको खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड र राजस्व परिचालन १० खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
मौद्रिक सूचकहरू हेर्दा विस्तृत मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १०.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७३ प्रतिशत र ९१-दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६४ प्रतिशत रहेको छ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत रहेको छ।

