काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा एमाले उपाध्यक्ष तथा पूर्व अ्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनछेक सुनुवाईपछि उक्त आदेश गरेको छ। यसले बालेन सरकारलाई गतिलो झापड दिएको छ।

सम्पत्ती शुद्धिकरण विभागले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै पौडेलविरुद्ध अभियोग पत्र दायर गरेको थियो।
पौडेलको हकमा २० करोड ९० लाख बिगो र बैंक मौज्दात ६ लाख ३४ हजार ५४५ जफतको मागदाबी गरिएको छ ।
तत्काल प्राप्त प्रमाणु को अभाव, आर्थिक लाभ लिएको पुष्टि नहुनु, पदमा रहेको समय र घटनाको मेल नखानु, इन्कारी बयान हुुनुलगायतलाई कारण देखाएर पौडेललाई साधारण तारेखमा छाड्न आदेश भएको छ।

