काठमाडौं। अधिकारवादी तीनवटा अन्तर्राष्ट्रिय संस्थलाे सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई पदबाट राजीनामा दिन दबाब दिइएको र नदिएमा महाभियोग लगाउने धम्की दिइएको दावी गरेका छन्।
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँलविरुद्ध त्यस किसिमको दबाब आइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बालेन सरकारले चौथो नम्बरका मनोजकुमार शर्मालाई प्रधान न्यायधिशमा नियुक्त गरेपछि उनिभन्दा वरिष्ठतम तीन जना न्यायधिशहरु दबाबमा परेका थिए। उनिहरुले राजिनामा नदिई काम गरिरहेका छन्।

