काठमाडौं। त्रिभुवन विश्वविधालय एमबीएस प्रथम वर्षको प्रश्न पत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ गरिएकाको नाम गोप्य राखिएको छ। उनिहरुले ह्वाट्स एप ग्रुप बनाएर परिक्षा सुरु भएको ५ मिनेटमै प्रश्न पत्र आउट गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उनिहरुलाई पक्राउ गरेको छ।

८ साउनमा स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।
प्रश्न पत्र आउट भएपछि संलग्नलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरिक्षक-आईजिपी दानबहादुर कार्कीसँग छलफल गरेका थिए।

