काठमाडौं : गत वर्षको तुलनामा यो वर्षको जुलाईमा थोरै मात्रामा नेपाल आउने पर्यटक बढेका छन्। सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल आएका छन्।
सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए अर्थात गत वर्ष भन्दा यो वर्ष जुलाईमा २.३ प्रतिशत बढी विदेशी पर्यटन नेपाल आएका छन्। धेरै आउनेमा भारतीय अगाडि छन्। भारतबाट २३ हजार ४९० जना र चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन्।


