काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सहसचिव पुष्पराज भट्टराईलाई प क्राउ गरेको छ।
भट्टराईविरुद्ध राहदानी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएकाले उनलाई पक्रा उ गरेर अदालत उपस्थित गराइएको सीआईबी प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।

भट्टराईले तिब्बती नागरिकलाई ट्राभल डकुमेन्ट बनाएर गैह्र कानुनी काम गरेको भन्दै सीआईबीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले एक साता अघि अभियोग पत्र दायर गरेको थियो।


