काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्वमा इश्वर लामा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा लामाले ७७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनालाई पराजित गरेका हुन्। तिमिल्सिनाले ४२ मत प्राप्त गरे।
लामाको नेतृत्वमा अधिकांश पदमा उनकै प्यानलका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन परिणामसँगै नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, संस्थागत पारदर्शिता र सुरक्षित व्यवसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार खड्का, प्रथम उपाध्यक्षमा केशव कासुला र द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्वाचित भएका छन्। सचिवमा रामप्रसाद तिमिल्सिना, सहसचिवमा पुरुषोत्तम रेग्मी, कोषाध्यक्षमा यसु प्रधान र सह–कोषाध्यक्षमा निकेश घिमिरे निर्वाचित भएका छन्। त्यसैगरी प्रकाशराज खड्का पनि निर्वाचित भएका छन्।
कार्यकारी सदस्यतर्फ महेन्द्र घिमिरे, नवराज लामिछाने, सुगत मानन्धर, शंकर न्यौपाने, विशाल बखती, सुरेश दुवाल श्रेष्ठ र संजयकुमार श्रीवास्तव निर्वाचित भएका छन्।


