काठमाडौं। सुनसरीको कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। काठमाडौंमा उपचार भइरहेका २१ वर्षीय रविन्द्रकुमार मेहताको मृत्यु भएको छ।
यसअघि २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। उनिहरु तीनै जना देवानगन्ज-३ कप्तानगन्ज निवासी हुन्।

साउन १० गते राति गोली लागेर एक जनाको तत्कालै र बाँकी २ को उपचाका क्रममा मृत्यु भएको थियो।
झन्डै एक दर्जनलाई गोली लागेको थियो। हिन्दु र मुस्लिमका दुई समूहबीच भएको विवाद भएको थियो। विवादबीच मुस्लिम समूह हटिसकेको अवस्थामा हिन्दु समूह र प्रहरीबीच विवाद हुँदा गोली चलेको थियो। सोही घटना फैलँदै धार्मिक द्धन्द्धको रुप लिँदा सिराहाको गोलबजारमा पनि एक जनाको गोली लागेर ज्यान गएको थियो।
सरकारले यसअघि तीनै जना मृतकका आफन्तहरुसँग सहमती गरेको थियो।


