काठमाडौं । नेपालमा करिब ६० हजार गैह्र सरकारी संस्था दर्ता रहेको पाइएको छ। तीमध्ये १० हजार जति मात्र सक्रिय रहेको नियमनकारी निकाय समाज कल्याण परिषद्ले जनाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले हालसम्म करिब ६० हजार एनजीओ आबद्ध रहेको जानकारी दिए। तर करिब १० हजार मात्रै सक्रिय रहेको उनको भनाई थियो। करिब २ सय ५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) ले नेपालमा काम गरेको रेकर्ड भएपनि हाल १ सय ३६ वटा संस्था मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेको परिषद्ले जनाएो छ।

‘समाज कल्याण परिषद्मा करिब ६० हजार एनजीओ आबद्ध छन्, जसमध्ये करिव १० हजार सक्रिय छन् । नेपालमा हालसम्म करिव २५० आईएनजीओले काम गरेका छन् भने १३६ संस्था मात्र सक्रिय छन् ,’ बुढाले भने ।


