काठमाडौं। रास्वपा सांसद राजुनाथ पाण्डेले नेपाली सेनासँगको विवादका कारण आफुलाई ट्रोल बनाइएको र ह्यारेस गरिएको गुनासो गरेका छन्। उनले भने, ‘ अहिले एउटा सामान्य सेनाको अफिसर्ससँग तुलना गरेर जनताको प्रतिनिधिलाई ह्यारेस गर्न खोजिँदै छ।’
टिकाराम यात्रीसँगको अन्तवार्तामा पाण्डेले हालै गोकर्णेश्वरमा सेनाको ब्यारेकसँग जोडिएको पर्खाल भत्काउँदा भएको वि वादबारे बोलेका छन्।

बालेनसँग किन यति नतमस्तक भन्ने प्रश्नको जवाफ दिनेक्रममा उनले भावुक हुँदै भने : त्यो उहाँको इमान्दारिता देखेर हो। त्यो इमान्दारिता अरुमा पाउँदिन। मलाई कसैको भजन गाउनु पनि छैन, यो कुरा सुनेर म भावुक हुन्छु। अहिले पनि कुरा गर्दै गर्दा यो किन गरिन्छ, इमान भएर काम गर्न पाइन्न ? मेरो यसमा के स्वार्थ छ, हिजो मैले टाउको फुटाएर त्यही महानगरका लागि काम गरेको हैन ? अहिले यो काम गर्न खोज्दा खेरी चाहीँ यो किसिमको ट्रोल बनाउन मिल्छ ? दुख्ख लाग्छ। इमानपूर्वक काम गर्न खोज्दा यो किसिमको अ ट्याक हुन्छ।
अन्तर्वार्ताका क्रममा पाण्डेले हिजो महानगरका प्रहरी प्रमुखका रुपमा गरेको कामकै कारण जनताले जिताएको र उनिहरुको अपेक्षा पुरा नहुँदा आफै फिल्डमा उत्रिएको आशय व्यक्त गरे। उनले काम नगर्नेको कठालो समाउने पनि दोहोर्याए। ‘हरेकपटक म निर्वाचन क्षेत्र जाँदा सँधै जनताले खोई त्यो बाटो खोल्छु भनेको खोलेको’ भनेर प्रश्न सामना गरिरहेको अवस्थामा आफै उत्रिएको उनले स्पष्ट पारे।
म काम गर्न आएको, काम नगर्नेलाई त्यहीअनुसारको व्यवहार गर्छु- उनले भने।


