काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्राय सार्वजनिक विदा आसपासमा सामाजिक सन्जालमा स्टाटसहरु लेख्ने गर्छन। उनको यो साइतलाई विभिन्न कोणबाट टिप्पणी पनि हुने गर्छ। उनी प्राय आफ्ना कुराहरु सामाजिक सन्जालबाटै राख्ने गर्छन्।
आफ्ना काम, शैली र निर्णयमा आत्मविश्वासी देखिने गरेका बालेन आफ्ना कमजोरी स्विकार नगर्ने नेताका रुपमा मानिसहरु उनलाई बुझ्ने गर्छन्। तर यतिबेला भने प्रधान मन्त्री बालेनले आफु अप्ठेरोमा रहेको संकेत गरेका छन्। शुक्रबार साँझ लेखेको एक स्टाटसको यतिबेला चर्चा भइरहेको जहाँ उनले पार्टीभित्रै एक्लिँदै गएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘ केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’ यो पहिलो चोटी होइन भन्नुको मतलब उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा ब्यतित गरेको समयलाई भनेको हुन सक्छ जतिबेला उनले केन्द्रीय सरकारले सहयोग नगरेको भनेर आ रोप लगाउने गरेका थिए।
शुक्रबारको स्टाटस यस्तो बेला आएको थियो दिउँसो मात्र रास्वपा सांसदहरुले सरकारको आलोचना गरेका थिए। सम्भवत पहिलोपटक, यति धेरै रास्वपा सांसदहरु सरकारको आलोचनामा उत्रिएका थिए। रमेश प्रसाईले ‘कसलाई के भनौँ, मेरै गाला मेरै चढ्कन’, मनिष झाले ‘सरकारको इन्टेसनमा प्रश्न नरहेको तर ढंग नपुगेको’ टिप्पणी गरेका थिए। यसले लामो समयदेखि रास्वपाभित्र भनिँदै आएको रवि लामिछाने गुट र बालेन गुट बाहिर सार्वजनिक हुन थालेको पनि भनिन थालिएको छ। यद्यपी यसबीचमा रविले सरकार सन्चालन बालेनले नै गर्ने र उनलाई पार्टीबाट कुनै अप्ठेरो नपर्ने बारम्बार बताएका छन्।
रास्वपाले चुनावमा बालेनलाई प्रधानमन्त्री बनाउने भनेर भोट मागेको थियो। रास्वपाले झन्डै दुई तिहाई बहुमत प्राप्त गर्यो। ऐतिहासिक जनमतसहितको सरकारले अभुतपूर्व काम र जनतालाई डेलिभेरी दिन सक्ने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्री बालेनदेखि सरकारका काम कारबाहीहरु एकपछि अर्को वि वादमा परिरहेका छन्। पछिल्लो समय ग्याँसको अभाव र सरकारी सेवा लिन देखिएको लाइनका कारण बालेन सरकार आलोचित छ।
त्यसअघि अपराध अनुसन्धानका नाममा भएको हाइप्रोफाइल अरेस्ट तर अदालतबाट सजिलै छुट्नु, व्यवशायी धरपकडका कारण चौपट व्यवशाय, प्रधानमन्त्री बालेनका कतिपय अराजनीतिक व्यवहार र विवादित अभिव्यक्ती, मन्त्रिहरुका विवाद अनि निहत्था जनताको प्रहरीका गोली लागेर ज्यान गएका कारण आम अपेक्षा बुमर्याङको अवस्थामा पुगेको छ। मानिसहरु उत्साही हुनुको साँटो चरम निराशातर्फ देखिएका छन्।
लामो समयसम्म बालेन सरकारको डटेर डिफेन्ड गरेका रास्वपा सांसदहरुमै असन्तुष्ट बन्न थालेको पछिल्ला घटनाक्रमहरुबाट देखिन थालेको छ।


