काठमाडौं। रास्वपाकै सांसदहरुले सरकारको वि रोध गर्न थालेपछि र प्रधानमन्त्री बालेनले आफु एक्लिएको आशय झल्कने गरी स्टाटस लेखेको भोलिपल्ट पार्टी सभापती रवि लामिछानेले त्यसबारे बोलेका छन्।
शनिबार आयोजित एक कार्यक्रममा उनले भनेका छन् : कहिलेकाहीँ सरकारको विरोध भइरहँदा, राजनीतिक मुद्धाहरु हेर्दा, पार्लियामेन्टको गतिविधिहरु हेर्दा लौ गयो की, बर्बाद भयो की, यो दुई तिहाईको सरकार पनि खेर जाने हो की, तपाईहरुलाई देख्यौ त भन्दै गाली पर्न गर्लान्, तपाईहरु आत्तिनु त भएको छैन भन्ने मलाई लागेको छ। आँत्तिनु पर्दैन, हामी सम्हालेर जान्छौँ। ट्रान्सिजन कहिलेकाहीँ अत्यासलाग्दो हुन सक्छ। यो पोलिटिक्सको पाराडायम सिफ्ट भएको हुनाले अत्याउनेहरु पनि हुन्छन्, कहिले काहीँ हो की क्या हो भन्ने पनि हुन्छ। Please Dont worry, तपाईहरु चिन्ता नगर्नुस्, हामी छौँ। यो उडान जसलाई गन्तव्यमा पुर्याउनका निमित्त हामीले लिएर हिँडेको छौँ। कहिलेकाहीँ टर्बिलियन्स आउन सक्छ तर सिट ब्याक एन्ड रिल्याक्स। हामी गन्त्व्यमा सुरक्षित पुर्याउने छौँ। हिँडिरहँदा कहिले काहीँ बादलका टुक्राहरुहरुमा जहाज छिर्दा खेरी जहाज हल्लिन्छ। तर जहाज हल्लिँदैमा दुर्घटनामा परिने हो की खस्ने हो की भनेर डर मान्नु पर्दैन।

यो चार महिना सरकारलाई मुल्यांकन गरि हाल्ने समय हो जस्तो लाग्दैन। तर यो चार महिनामा सरकारले अलिकति छनक फेर्न सक्नु पर्थ्यो, तपाईहरुको सल्लाह र सुझावलाई हामीले मनन गरेका छौँ। सरकारले काम गरेन बाटो विरायो भने जति बेला पनि कान समाउन सक्ने राजनीतिक पार्टी हामीसँग छ। त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न पनि दिँदैनौँ। पुगेको अवस्थामा लिकबाट बाहिर गयो भने पुन लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ।




