काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मंगलबारदेखि सुरु हुँदै छ ।
गत वर्षदेखि सुरु भएको यो अटो सोले छोटो समयमै ब्यापक लोकप्रियता बटुलेको छ। ब्रान्डेड कम्पनीहरु सहभागी हुँदैछन्। ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ । एक्स्पोमा ५२ वटा स्टल रहनेछन्।

प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सेवा समेटिनेछन् ।
प्रदर्शनका क्रममा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ । मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सिप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे विज्ञ, शिक्षाविद्, उद्योगी तथा नीति क्षेत्रका व्यक्तित्वले ती सेसनमा आफ्नो अनुभव, विचार, सुझाव राख्नेछन्।


