काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ODI कप्तानमा सन्दीप लामिछाने फर्किएका छन्। नेपाल क्रिकेट संघ-क्यानले रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ। उनले आगामी एसिसि प्रिमियर कपदेखि नेपालको कप्तानी गर्नेछन्।
यस अघि सन् २०२२ मा सन्दीपमाथी गम्भि र आरो प लागेपछि उनी नि लम्बनमा परेका थिए र नयाँ कप्तान रोहितलाई घोषणा गरिएको थियो। रोहितको कप्तानीमा नेपालले दुईपटक टी-२० विश्वकप र पहिलोपटक एसिया कप खेल्न सफल भएको थियो। यस्तै लगभग असम्भव मानिएको अवस्थाबाट नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो भने पहिलोपटक टेष्ट राष्ट्रलाई पनि हराएको थियो।

हालै नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले विश्वकप लिग-२ शृंखलाका चारवटै खेल हा रेपछि कप्तान रोहित पौडेल संक टमा परेका थिए। नेपाल क्रिकेट संघ-क्यानले उनलाई हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको छ।
यस अघि सन् २०२२ मा सन्दीपमाथी गम्भि र आरो प लागेपछि उनी नि लम्बनमा परेका थिए र नयाँ कप्तान रोहितलाई घोषणा गरिएको थियो। त्यसपछिको केही समय सन्दीप थु नामा रहे भने नेपाली क्रिकेटले लगातार खराब प्रद र्शन गर्यो। विश्वकप लिग-२ का अन्तिम १२ मध्ये प्राय सबै खेल जित्नुपर्ने चु नौती नेपाललाई थियो।
सो ही बेला थु नाबाट बाहिर निस्किएका सन्दीप नेपाली टोलीका लागि उपलब्ध भएका थिए। उनको शानदार प्रदर्शनसँगै नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर ODI Status जोगाएको थियो। जारी विश्वकप लिग-२ शृंखलामा नेपाल यतिबेला कमजोर अवस्थामा छ। नेपाल ३२ खेलबाट २४ अंक जोडेर सातौँ स्थानमा छ। नेपालले अब चार खेल खेल्न मात्र बाँकी छ भने शीर्ष ६ टोलीले सोझै ODI Status जोगाउँछन्।
सातौँ र आठौँ स्थानमा रहने टोलीले ODI Status जोगाउन प्ले अफको भर पर्नुपर्छ। अहिले अंक तालिकामा छैटौँ स्थानमा रहेको नामिबियाको ३२ खेलबाट २८ अंक रहेको छ। २८ खेल खेलेको क्यानडा २४ अंक जोडेर सातौँ स्थानमा छ। त्यसैले नेपालले अब आफ्ना खेलका नतिजासँगै क्यानडा र नामिबियाका खेलका नतिजालाई पनि हेर्नुपर्ने छ Direct ODI Status जोगाउन।
कप्तानको जिम्मेवारी पाएका सन्दीप आफै पनि पछिल्लो शृंखलामा कमजोर देखिएका थिए। सुरुका तीन खेलमा विकेट लिन नसकेका उनी चौथो खेलमा बेन्चमा पुगेका थिए। सन्दीप नेपालि क्रिकेटका विश्व कीर्तिमानी खेलाडी हुन्। उनीसँग विश्वका प्राय सबै जसो व्यावशायीक क्रिकेट लिग खेलेको अनुभव छ। उनी नेपाली क्रिकेटका निर्विवाद सर्वाधिक सफल क्रिकेटर पनि हुन्।
रोहितलाई केही समय अघि टी-२० राष्ट्रिय टोलीको कप्तानबाट पनि हटाइएको थियो। उक्त जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइएको थियो। ऐरी हाल एकदिवशीय टोलीको उपकप्तान रहेका छन्।


