काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए।

विशेष अदालतले मंगलबार थुनछेक बहसपछि एक करोड रुपैयाँ धरौटी माग गरेको हो।
यसअघि अरु दुई कसुरमा काठमाडौं जिल्ला अदालतले उनीसँग कुल एक करोड धरौटीमा मागेका बुझाएर छुटेका थिए। हिमालयन रि इन्सुरेन्सको विवादमा सीआईबीले उक्त संस्थाका पूर्व अध्यक्ष गोल्छालाई पक्राउ गरेको थियो। पछि उनलाई सर्वोच्च अदालतले बन्द प्रत्यक्षिकरण रिटमा छाड्न आदेश गरेको थियो। गोल्खा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन्।
गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई ५२ करोड ५० लाख बिगो दाबी गरिएको छ।
विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायतको समूह जोडिएको विवादमा उनी पनि मुछिएका हुन्। विमा र सेयरको मुद्धामा सीआईबीले अनुसन्धान गरेको थियो।


