काठमाडौं। रास्वपा सभापती रवि लामिछानेले आजको भोली नै परिणाम खोज्दा विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बोल्नेक्रममा धेरै युवाहरुलाई पार्टीले सदनमा पुर्याएको उल्लेख गर्दै रास्वपा सभापती रवि लामिछानेले भने : आज छोटो समयमा नै रिजल्ट खोज्ने जुन परिपाटी बनेको छ, त्यो परिपाटी कायम रह्यो र तत्कालै आजको भोली नै परिणाम खोज्ने बानी पार्यौँ भने भोली विकल्प खोज्नुबाहेक हामीसँग विकल्प रहँदैन। विकल्प खोज्नु विकल्प हैन, निर्विकल्प बन्नु चाहीँ विकल्प हो।

उनले विकल्प खोज्नुपर्ने अवस्थाबारे पनि उल्लेख गरे। उनले भने : हो, विकल्प खोज्नुपर्छ जब सहि बाटोमा हिड्न छोड्दछ को ही र आम मान्छेको कुरा सुन्न छोड्दछ कोही। र यसबाट केही हुँदैन भन्ने अवस्थामा पुग्यो भने विकल्प खोज्नुपर्दछ।


