काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। उनीसँग राष्ट्र बैंकमा काम गरेको झन्डै दुई दशकको अनुभव छ। हाल रावल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए।

नेपाल राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नरको दरबन्दी रहेको छ।


