काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव भेटिएको छ।
नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् ।

तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । सरकारले तीनवटै सुरक्षा निकायलाई परिचाल गरेर शवको खोजी र उद्धार कार्य गरिरहेको छ।
हाइड्रो पावरका टनेलमा फसेकाहरुको उद्धार प्रयाश कायमै रहेको छ।


