२०औं एसियाली खेलकुद अन्तर्गत भएको कराते खेलमा नेपालले पदकको आश गरेको खेल कराते खेलाडीहरुले आजका प्रतिष्पर्धामा उपलब्धी हाँसिल गर्न सकेन् ।
तेस्रो स्थानका लागि भएको खेलमा एरिका गुरुङले निकै कडा प्रतिष्पर्धा गरे पनि पदक प्रप्त गर्नबाट चुकेकी छन् । ६८ केजी माथिको तौत समुहमा एरिकका गुरुङ काजकीस्तानकी मोस्ताफा संग ८-७ ले पराजित भईन ।

यस्तै तेस्रो स्थानकै लागि ५५ केजी मुनीको तौल समुहमा राकेश मानन्धर मलेसिया कालिनन सुन्दरम संग ९-१ अंकले पराजित भए । ६० केजी मुनिको तौलसमुहमा मिन ब तामाङ साउदिअरेबिया का अलबासार २ -० अंकले पराजित भएका छन् ।
उसु
उसु खेल तर्फ पुरुष छान क्वान मा मकाउ प्रथम हुँदा नेपालका बिजय सिंजाली १९ औं स्थानमा सिमित भएका छन् । यस विधामा २१ जनाको सहभागिता थियो । यस्तै महिला तर्फको थाईची अलराण्डमा १३ देश सहभागी भएको थिए । जसमा नेपालकी सविता राई ११औं स्थानमा रहदा चीन प्रथम भएको छ ।
भलिबल
पदक विहन भए पनि नेपाली भलिवल टोलीले बरियता निर्धारणका लागि आज किर्किस्थानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । यो जित संगै नेपाल १२औं स्थान पक्का गरेको छ । ९ देखि १२औं स्थानका लागि भेली हङकङ संग खेल्ने छ ।
टेबल टेनिस
महिला टेबल टेनिसमा पनि नेपाली खेलाडीको उत्कृष्ट प्रर्शन हुन सकेन । नेपाली खेलाडी इभाना थापा चिनीया खेलाडी संग ३-० ले पराजित भएकी छन् । यस्तै रुविना महर्जन पनि चाईनिजव ताईपेयी सग पराजित भएकी छन्




