काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपालले आफ्नो टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो।

एसीसी प्रिमियर कप खेलेको टोलीमा केही परिवर्तन गर्दै लिग–२ शृङ्खलाका लागि टोली छनोट गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादव टोलीमा परेका छन्। यस्तै, बायाँहाते स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन्।
यसपटक पनि ओपनिङ ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी टोलीमा समेटिएका छैनन्। ओपनर आसिफ शेख र अर्जुन कुमालले भने टोलीमा निरन्तरता पाएका छन्।
लिग–२ अन्तर्गतको यो त्रिदेशीय शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ। शृङ्खलामा नेपालसँगै आयोजक ओमान र क्यानडा सहभागी हुनेछन्।
नेपालको १५ सदस्यीय टोली
- सन्दीप लामिछाने (कप्तान)
- दीपेन्द्रसिंह ऐरी
- रोहित पौडेल
- आसिफ शेख
- अर्जुन कुमाल
- इशान पान्डे
- देव खनाल
- सन्दीप जोरा
- बसिर अहमद
- गुल्शन झा
- करण केसी
- नन्दन यादव
- ललित राजवंशी
- शाहब आलम




