काठमाडौं। लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट शानदार विदाई पाएका छन्।
घरेलु मैदानमा बुधबार बिहान ८५ हजार दर्शकमाझ बेनिनसँग खेलिएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना ३-० गोलले विजयी भयो। मेस्सीले एक गोल र २ असिस्ट गरे। निकोलस ओटामेन्डी र निको पाजले पनि एक एक गोल गरे।

मेस्सीका लागि यो विदाई खेलका रुपमा आयोजना गरिएको थियो। मेस्सीको यो खेलसँग २१ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय करियर टुंगिएको छ। उनले सन् २००५ मा पहिलोपटक सिनियर राष्ट्रिय टोलीबाट खेलेका थिए। पछिल्लो ५/६ वर्ष राष्ट्रिय टोलीका लागि उनको स्वर्णिम समय रह्यो। यो अवधिमा उनले एकपटक विश्वकप र दुईपटक कोपा अमेरिका जिते।
उनी करियरमा दुईपटक कोपा अमेरिका र दुईपटक विश्वकपको फाइनलमा पुगेर पराजित भए। मेस्सी क्लब फुटबलमा पनि कायमै रहनेछन्। अमेरिकाको मेजर लिग सकर-एमएलएस क्लब इन्टर मायमी र मेस्सीबीच सन् २०२८ सम्म सम्झौता रहेको छ।




