



Author: एनआरएन
काठमाडौं। मेडिकल व्यवशायी दुर्गा प्रसाई फेरी पक्राउ परेका छन्। भक्तपुर प्रहरीले आइतबार राती उनलाई निवासबाटै नियन्त्रणमा लिएको छ। त्यसअघि प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हालै तराई क्षेत्रमा भड्किएको धार्मिक हिंसाबारे बोलेका थिए। उनले सरकार र प्रहरी नेतृत्वमाथी प्रश्न उठाएका थिए। सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप उनिमाथी लगाइएको छ। बोलेकै आधारमा यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए।
काठमाडौँ । अमेरिकाले पर्यटक तथा व्यवसायिक भिसाका लागि नेपालसहित ५० देशमा लागु हुने गरी कडा नयाँ नियम ल्याएको छ। बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर (करिब ३० लाख)सम्मको धरौटी (बन्ड)राख्नुपर्ने हुनेछ। अल्जेरिया, अंगोला, एन्टिगुआ एन्ड बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, केप भर्ड, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, आइभोरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, इथियोपिया, फिजी, गाबोन, गाम्बिया, जर्जिया, ग्रेनाडा, गिनी,गिनी–बिसाउ,किर्गिज गणराज्य, लेसोथो, मलावी, मौरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुआ, नाइजेरिया, पपुवा न्यू गिनी,साओ टोमे एन्ड प्रिन्सिपे,सेनेगलका हकमा उक्त नियम लागु हुने छ। यस्तै सेसेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो,टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, टुभालु,युगान्डा, भानुआटु,…
काठमाडौं। विश्वको १२ औँ अग्लो हिम शिखर पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएका विश्व चर्चित निर्मल पुर्जा ‘निम्स दाई’सहित सबै १० जना आरोही मृत फेला परेका छन्। उद्धार टोलीले सबै शवहरु शनिबारसम्म निकालेको छ। उनिहरु शुक्रबार बिहान हिम पहिरोमा परेका थिए। उक्त हिम पहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता थिए। आरोहण दल निम्स दाईको नेतृत्वमा थियो। पूर्व ब्रिटिस आर्मी निम्स दाई विश्व कीर्तिमानी आरोही हुन्। उनले ६ महिनाको अन्तरमा विश्वका १४ वटा सर्वोच्च हिम शिखर आरोहण गरेका थिए।
काठमाडौं : देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ। सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको…
काठमाडौं। सुनसरीमा हिन्दु-मुस्लीम समूहबीचको झगडापछि उत्पन्न तनावले विकराल रुप लिँदै गएको छ। मधेशका जिल्लाहरुमा आगो जसरी तनाव बढिरहेको छ। बुधबार सिराहाको गोलबजारमा भएको झडपका क्रममा गोली लागेर १५वर्षे युवकको ज्यान गएको छ। प्रहरीको गोली लागेर १५ वर्षे गणेश यादबको ज्यान गएको प्रदर्शनकारीको दावी छ। यसअघि आइतबार राती सुनसरीको कप्तानगन्जमा गोली लागेका अर्का युवकको पनि मृत्यु भएको छ। त्यस घटनामा हालसम्म २ जनाको ज्यान गएको छ। घटनाको चार दिनपछि गृहमन्त्री सुदन गुरुङ सोमबार साँझ सुनसरी पुगेका छन्।
काठमाडौं। सुनसरी तनावका विषयमा सर्वदलीय ७ बुँदे अपिल जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बेठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले संयमित हुन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’ दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ। ‘ यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित…
काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं…
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। सोमबार राती सम्पन्न खेलमा नेपालले नामिबियासँग ३ रनले हार ब्यहोर्यो। नेपालले २ सय १२ रनको लक्ष्य पाएको थियो। निर्धारित ५० ओभरमा २ सय ८ रन मात्र जोड्न सक्यो। नेपाललाई अन्तिम ओभरमा १७ र अन्तिम बलमा ५ रन चाहिएको थियो जितका लागि। नेपालको इनिङ्समा आसिफ शेखले ४५, रोहित पौडेलले ४१, आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रन बनाए। इशान पाण्डे १४, भीम सार्की १ र दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर आउट भए। अघिल्ला दुवै खेलमा नेपाल एक सय ५७ रनमा सिमित भएको थियो। यो हारपछि नेपाल ३१…
काठमाडौं। सरकारसँग सहमती भएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनका लागि सम्पूर्ण व्यवस्था तत्काल बन्दोबस्त गर्ने लगायत सहमती बनेको छ। केसी साउन ७ गतेदेखि धनगढीमा अनशन बसेका थिए।