पछिल्लो समय प्रतिनिधि सभाको दृश्य सत्ता पक्षका लागि त्यति सुहाँदो बनिरहेको छैन, आफ्नै सांसदबाट सरकारले आलोचना खेपिरहेको छ। सत्तारुढ रास्वपाबाटै सभामुख बनेका डिपि अर्याल सत्ता पक्षकै सांसदसँग झो क्किरहनु पर्नेदेखि रास्वपा सांसदहरु सरकारको डेलिभरीलाई लिएर प्रश्न गर्न थालेका छन्।
सांसद आशिका तामाङ प्रश्न गर्न नपाएको भन्दै मंगलबारको बैठकबाट उठेर हिँडिन्। त्यसअघि सभामुखले उनलाई मर्यादामा रहेर प्रस्तुत हुन निर्देशन दिएका थिए र यस्तो निर्देशन पहिलोपटक थिएन। विदेशमा अलपत्र तथा ज्यान गुमाएका नागरिकको उद्धारमा सरकार उदा सिन भएको भन्दै उनले प्रश्न गरिरहेकी थिइन्। ग्याँस अभावका विषयमा पनि उनले सरकारमाथी प्रश्न गरेकी थिइन्।

यसअघि रास्वपा सांसद पारषमणी गेलालले सरकार प्रचारबाजीमा रमाएको संकेत गर्दै जनताका समस्यामा केन्द्रित हुन आग्रह गरेका थिए। सोमबारको बैठकमा उनले रुघा लाग्दा मन्त्री हेलिकप्टर चढ्ने तर जनता मर्न लाग्दा पनि अस्पताल पुग्न नपाउने अवस्था रहेको भन्दै प्रश्न गरेका थिए। अर्का सांसद सुलभ खरेलले आकस्मिक समय लिएर असान्दर्भिक विषय राखेको भन्दै सभामुखले असन्तुष्टी व्यक्त गरेका थिए। कानुनका जानकार भएर पनि खरेलले पे लेरै आफ्ना कुरा राख्न खोजेको टि प्पणी भएको थियो।
भ ष्ट्रचार छानबिको विषयलाई लिएर रास्वपा सांसद खगेन्द्र सुनार गृहमन्त्री सुदन गुरुङलाई नै काउन्टर दिने अवस्थामा पुगेका छन्। सार्वजनिक लेखा समिति बैठकमा आईजिपी दानबहादुर कार्कीमाथी भएको व्यवहारलाई लिएर गृहमन्त्री गुरुङले असन्तुष्टी व्यक्त गर्दै उक्त व्यवहारको वि रोध गरेपछि सुनारले आफ्नो अडान दोहोर्याइरहेका छन्।




