Author: एनआरएन

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पुष्प खेतिका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ। बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प…

Read More

काठमाडौं। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ। जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरे सँगै घाइतेको वर्गीकरणले तीव्रता पाएको हो। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइते लाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ। वर्गीकरण भएका घाइते मध्ये गम्भीरले मासिक ९,००० हजार रुपियाँ र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ता…

Read More

काठमाडौं। केपी शर्मा ओली पुन नेकपा एमाले अध्यक्ष निर्वाचित भएका छन्। ११ औँ महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको हो। ओलीले इश्वर पोखरेललाई हराएका हुन्। ओली र पोखरेल मात्र अध्यक्षको प्रतिस्पर्धामा थिए। ‌ओलीले एक हजार ६ सय ६३ मत ल्याए भने पोखरेललाई ५ सय ६४ मात्र मत प्राप्त भयो। २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। ३६ जनाले भने मत दिएनन्। अध्यक्ष जित्न कम्तिमा एक हजार १ सय १४ मत चाहिएको थियो। चुनावी प्रतिस्पर्धामा ओली र पोखरेल प्यानल बनाएर उठेका थिए। पदाधिकारीमा पोखरेल प्यानलका दुई जनाबाहेक सबै ओली प्यानलले जित्यो। पोखरेल प्यानलका योगेश भट्टराईले उपमहासचिव र गोकर्ण विष्टले उपाध्यक्ष…

Read More

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । गएको कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । खुद…

Read More

काठमाडौं- बैंकको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन लागेको हो। जसका लागि बैंकका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतले विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघिजस्तै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानुपर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवं सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई…

Read More

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सले सुदुर पश्चिम रोयल्सलाई ६ विकेटले हरायो। पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोडेको थियो। सुदुर पश्चिमका इसान पाण्डेले ३३, दीपेन्द्रसिंह ऐरीले १० तथा हर्मित सिंह र स्कट कुगेेलिनले १०/१० रन बनाए। लुम्बिनी लायन्सका रुबेन ट्रम्पलम्यान, शेर मल्ल र रोहित पौडेलले तीन तीन विकेट लिए। लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। दिेनेश अधिकारीले १३ बलमा ४३ रन बनाए। कप्तान रोहित पौडे‍लले १६, डार्सी सर्टले १४ र निकोलस डिकवालाले ११ रन जोडे। ट्रम्पलम्यान प्लेयर अफ दी…

Read More

काठमाडौं। जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ। धानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरे। त्यसपछि समारोहमा लामो समय ताली बजेको थियो। साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा, खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको उपस्थिति थियो। यस्तै स्वतन्त्र पर्यवेक्षकका रूपमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, विद्याधर मल्लिक लगायतको उपस्थिति थियो। जेनजी आन्दोलनका घाइते, सहिद परिवार र…

Read More

काठमाडौं । नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा दिँदै आइरहेको नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेशनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम प्रालीले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ। ललितपुरको एक होटलमा सम्पन्न समारोहमा अध्यक्ष सुरज कर्माचार्य, प्नबन्ध निर्देशक बद्री बहादुर कार्कीसहित विभिन्न शाखाका चिकित्सक, प्रशासनिक अधिकृत र कर्मचारीहरू सहित संस्थाका सबै कर्मचारीहरूको उसहभागिता रहेको थियो। संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले ‘नेपालका सबै नागरिकले सहज र विशेषज्ञ स्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकून्’ भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए । उनले उपचारको क्रममा कल्पना भन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया…

Read More

काठमाडौं। हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दै उनलाई काममा फर्काउन आदेश भएको छ। कुलमान घिसिङ उर्जामन्त्री भएपछि उनले हितेन्द्रलाई हटाएर अन्य ठाउँमा सरुवा गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुुुुुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो। हितेन्द्रदेव शाक्यमाथी मन्त्री घिसिङले प्रतिशोधपूर्ण व्यवहार गरेको अदालतको ठहर छ। ‘शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा उर्जा आयोगको विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने तथा सो पदबाट रिक्त हुन आउने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी मध्येका मनोज सिलवाललाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णय…

Read More

काठमाडौं। डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई ‘खुशी सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि – आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन् । त्यसपछि, डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै डिशहोम गो नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल…

Read More