



Author: एनआरएन
काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्वमा इश्वर लामा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा लामाले ७७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनालाई पराजित गरेका हुन्। तिमिल्सिनाले ४२ मत प्राप्त गरे। लामाको नेतृत्वमा अधिकांश पदमा उनकै प्यानलका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन परिणामसँगै नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, संस्थागत पारदर्शिता र सुरक्षित व्यवसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार खड्का, प्रथम उपाध्यक्षमा केशव कासुला र द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्वाचित भएका छन्। सचिवमा रामप्रसाद तिमिल्सिना, सहसचिवमा पुरुषोत्तम रेग्मी, कोषाध्यक्षमा यसु प्रधान र सह–कोषाध्यक्षमा…
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सहसचिव पुष्पराज भट्टराईलाई प क्राउ गरेको छ। भट्टराईविरुद्ध राहदानी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएकाले उनलाई पक्रा उ गरेर अदालत उपस्थित गराइएको सीआईबी प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए। भट्टराईले तिब्बती नागरिकलाई ट्राभल डकुमेन्ट बनाएर गैह्र कानुनी काम गरेको भन्दै सीआईबीले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिल कार्यालयले एक साता अघि अभियोग पत्र दायर गरेको थियो।
काठमाडौं : गत वर्षको तुलनामा यो वर्षको जुलाईमा थोरै मात्रामा नेपाल आउने पर्यटक बढेका छन्। सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए अर्थात गत वर्ष भन्दा यो वर्ष जुलाईमा २.३ प्रतिशत बढी विदेशी पर्यटन नेपाल आएका छन्। धेरै आउनेमा भारतीय अगाडि छन्। भारतबाट २३ हजार ४९० जना र चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ। अमेरिकाबाट ७ हजार ७५४, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल…
काठमाडौं। मेडिकल व्यवशायी दुर्गा प्रसाई फेरी पक्राउ परेका छन्। भक्तपुर प्रहरीले आइतबार राती उनलाई निवासबाटै नियन्त्रणमा लिएको छ। त्यसअघि प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हालै तराई क्षेत्रमा भड्किएको धार्मिक हिंसाबारे बोलेका थिए। उनले सरकार र प्रहरी नेतृत्वमाथी प्रश्न उठाएका थिए। सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोप उनिमाथी लगाइएको छ। बोलेकै आधारमा यसअघि पनि उनी पटक पटक पक्राउ परेका थिए।
काठमाडौँ । अमेरिकाले पर्यटक तथा व्यवसायिक भिसाका लागि नेपालसहित ५० देशमा लागु हुने गरी कडा नयाँ नियम ल्याएको छ। बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर (करिब ३० लाख)सम्मको धरौटी (बन्ड)राख्नुपर्ने हुनेछ। अल्जेरिया, अंगोला, एन्टिगुआ एन्ड बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, केप भर्ड, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, आइभोरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, इथियोपिया, फिजी, गाबोन, गाम्बिया, जर्जिया, ग्रेनाडा, गिनी,गिनी–बिसाउ,किर्गिज गणराज्य, लेसोथो, मलावी, मौरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुआ, नाइजेरिया, पपुवा न्यू गिनी,साओ टोमे एन्ड प्रिन्सिपे,सेनेगलका हकमा उक्त नियम लागु हुने छ। यस्तै सेसेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो,टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, टुभालु,युगान्डा, भानुआटु,…
काठमाडौं। विश्वको १२ औँ अग्लो हिम शिखर पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएका विश्व चर्चित निर्मल पुर्जा ‘निम्स दाई’सहित सबै १० जना आरोही मृत फेला परेका छन्। उद्धार टोलीले सबै शवहरु शनिबारसम्म निकालेको छ। उनिहरु शुक्रबार बिहान हिम पहिरोमा परेका थिए। उक्त हिम पहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता थिए। आरोहण दल निम्स दाईको नेतृत्वमा थियो। पूर्व ब्रिटिस आर्मी निम्स दाई विश्व कीर्तिमानी आरोही हुन्। उनले ६ महिनाको अन्तरमा विश्वका १४ वटा सर्वोच्च हिम शिखर आरोहण गरेका थिए।
काठमाडौं : देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ। सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको…
काठमाडौं। सुनसरीमा हिन्दु-मुस्लीम समूहबीचको झगडापछि उत्पन्न तनावले विकराल रुप लिँदै गएको छ। मधेशका जिल्लाहरुमा आगो जसरी तनाव बढिरहेको छ। बुधबार सिराहाको गोलबजारमा भएको झडपका क्रममा गोली लागेर १५वर्षे युवकको ज्यान गएको छ। प्रहरीको गोली लागेर १५ वर्षे गणेश यादबको ज्यान गएको प्रदर्शनकारीको दावी छ। यसअघि आइतबार राती सुनसरीको कप्तानगन्जमा गोली लागेका अर्का युवकको पनि मृत्यु भएको छ। त्यस घटनामा हालसम्म २ जनाको ज्यान गएको छ। घटनाको चार दिनपछि गृहमन्त्री सुदन गुरुङ सोमबार साँझ सुनसरी पुगेका छन्।
काठमाडौं। सुनसरी तनावका विषयमा सर्वदलीय ७ बुँदे अपिल जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बेठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले संयमित हुन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’ दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ। ‘ यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित…