Author: एनआरएन

काठमाडौं। ललितपुरमा शनिबार मन्त्रि सवार गाडीले पैदल यात्रीलाई ठक्कर दिएर,नरोकी हुँईकिएको घटनाले सामाजिक सन्जाल तात्यो। ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि को १ झ ६९९ नम्बरको सरकारी गाडी घटनालाई वेवास्था गर्दै अगाडि बढेको थियो। घटना बिहान सवा ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा भएको थियो। उक्त गाडीले बाटो क्रस गरिरहेकी ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। घटनाको सिसिटिभी फुटेज बाहिर आएपछि मन्त्री विवादमा तानिएका छन्। प्रहरीका अनुसार घाइते बालिकाको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर…

Read More

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावशायीक तालिम परिषद्-सिटिईभिटीले विदेशको सम्बन्धन भन्दै मान्यता नलिई सिपमुलक तालिम सन्चालन भएको पाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ती जारी गर्दै सिटिईभिटीले त्यसरी सिपमुलक तालिम सन्चालन गर्न नपाइने र अवैध हुने जनाएको छ। सिटिईभिटीले अवैध रुपमा त्यस्ता तालिम सन्चालन गर्ने संस्थाहरुको विवरण भने खुलाएको छैन। नेपालभर सन्चालन हुने जुनसुकै सिपमुलक तालिम प्रदायक संस्थाले सिटिईभिटीबाट अनिवार्य सम्बन्धन स्विकृती लिनुपर्ने र विदेशी शिक्षण संस्थाको सम्बन्धनका हकमा शिक्षा मन्त्रालयबाट अनिवार्य स्विकृती लिनुपर्ने जनाएको छ। नेपालमा लामो समयदेखि तालिम प्रदायक संस्थाहरुले सम्बन्धित निकायबाट स्वीकृती नलिई प्रि-डिप्लोमा र डिप्लोमा कोर्सका तालिम सन्चलन र प्रमाणपत्र वितरण गर्दै आएका छन्। सम्बन्धित…

Read More

काठमाडौं। सरकारले फेसबुक,युट्युबलगायत २६ वटा सामाजिक सन्जाललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। सूचिकरण हुन नआएको भन्दै म्याद सकिएलगत्तै सूचना तथा सन्चार मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको छ। पछिल्लोपटक ७ दिनको म्याद दिइएको थियो। फेसबुक, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, ट्वीटर,इन्स्टाग्रामलगायत सामाजिक सन्जाल अब प्रतिबन्धित हुनेछन्। तर सूचिकरण हुन आएलगत्तै प्रतिबन्ध फुकुवा गरिने मन्त्रालयले जनाएको छ। कानुन बमोजिम सामाजिक सन्जालहरु सूचिकृत भएर मात्र सन्चालन हुनुुपर्ने प्रावधान छ। यस्तै हालै मात्र सर्वोच्च अदालतले सामाजिक सन्जाललाई दर्ता तथा सूचिकरण गरेर मात्र सन्चालन गर्ने व्यवस्था मिलाउन आदेश गरेको थियो। टिकटक, भाइबर, निम्बज, विटक,पोपो लाइभ जस्ता सामाजिक सन्जाल भने सन्चालनमा रहने‍छन्।

Read More

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक -आईजीपी चन्द्रकुवेर खापुङलाई बिहीबार दर्ज्यानी चिन्ह लगाइएको छ। गृह मन्त्रालयद्धारा आयोजित एक समारोहकाबिच गृहसचिब गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्ह लगाई दिए। नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले समारोहमा बोल्दै आफूले सकेको राम्रो गर्ने बताए । ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन’ उनले भने,’सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ।’ अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । बिहीबार कार्यकाल सुरु हुने खापुङ आगामी कात्तिक २६ गतेसम्म नेपाल प्रहरीको आईजिपी रहनेछन्। यसअघि दीपक थापाले झन्डै…

Read More

काठमाडौं। चीनको औपचारिक भ्रमण सकेर बुधबार प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किउका छन्। उनी भदौ १४ गते चीन गएका थिए। साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका थिए। त्यसक्रममा चीनको भिक्ट्रि परेडमा पनि ओली सहभागी भए। ओलीले चीनका राष्ट्रपति सी जिनफिङ र रुसका राष्ट्रपती भ्लादिमिर पुटिनलगायतसँग भेट गरे। थियानजिनमा सीसँग भएको भेटमा दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ओलीले नेपालको विकास प्रयासमा पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त दिए । साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गदै सो संस्थामा नेपालको पूर्ण…

Read More

काठमाडौं। ब्वाईफ्रेन्डको घर गएकी किशोरी बेहोस् भइन्, अस्पताल ल्याउँदा मृत घोषणा गरियो। साउनको २१ गते यही व्यहोराका समाचारका ठुल्ठुला हेडलाइन बनेँ अनलाइन न्युज च्यानल र युट्युबहरुमा। घटना ललितपुरको इमाडोलको थियो। प्रहरीले तत्कालै प्रेमी भनिएका १८ वर्षीय किशोरलाई पक्राउ गर्‍यो र अनुसन्धान थाल्यो। ती किशोर भाई र बुबासँग आफ्नै घरमा बस्दै आएका थिए भने उनकी आमा एक वर्षयता हङकङमा छिन्। घटनाका बेला किशोरका बुबा र भाई पनि घरमै थिए। किशोरी बेहोस् भएलगत्तै उनलाई प्रेमि भनिएका युवक र उनका बुबाले अस्पताल ल्याएका थिए। तर अस्पतालले किशोरीलाई मृत घोषणा गर्‍यो। प्रहरीले यो घटनाको अनुसन्धान सकेको छ। किशोरविरुद्ध जबर्जस्ती करणी अर्थात बलात्कार गरेको र…

Read More

काठमाडौं। काठमाडौंको गंगबुस्थित एक व्यक्तिको घरबाट ४ करोडभन्दा बढी नगद र ९ केजी सुन बरामद भएको छ। काठमाडौं प्रहरी परिसरको टोलीले ७६ वर्षीय विनोद श्रेष्ठको घरबाट ४ करोड २६ लाख ५० हजार र ९ केजी सुन बरामद गरेको हो। विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठको घरमा खानतलासी लिएको थियो। श्रेष्ठ मिटरब्याजी भएको दावी प्रहरीको छ। उनले बरामद भएको पैसाको स्रोत खुलाउन नसकेे‍को प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चामलको बोराभित्र राखिएको अवस्थामा पैसा भेटिएको थियो।

Read More

काठमाडौं। नेपालीहरुलाई भारत पुर्‍याएर मृगौला झिक्ने गिरोहका नाइकेलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ। भारतको नयाँ दिल्लीमा बस्दै आएका श्यामकृष्ण भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भण्डारीले भारतमा बसेर नेपालीको मृगौला विक्री गर्ने काम गर्दै आएका थिए। प्रहरीको दावीअनुसार भण्डारीले हालसम्म २५ जना नेपालीको मृगौला झिकिएको बताएका छन्। सोझा साझा नेपालीलाई आर्थिक प्रलोभन देखाएर मृगौला झिक्ने गिरोहमध्ये भण्डारी हालसम्म पक्राउ परेका ठुला व्यक्ती भएको प्रहरीको दावी छ। ५ जनाले आफ्नो मृगौला झिकिएको भन्दै भण्डारीविरुद्ध जाहेरी दिएका थिए। गत महिना सिन्धुलीका खिलबहादुर भुजेलले आफुलाई भारत पुर्‍याएर मृगौला झिकिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए।…

Read More

काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिपुलेकका विषयमा चीन र भारतले गरेको सम्झौतालाई गम्भिरतापूर्वक उठाएका छन्। उनले शनिबार राष्ट्रपति सी जिन पिङसँगको भेटमा लिपुलेक नेपालको रहेको सम्झाएको नेपाली अधिकारीहरुले बताएका छन्। केही साता अघि लिपुलेक भएर व्यापारिक सिमा खोल्ने चीन र भारतले सम्झौता गरेका थिए। नेपाली भूभाग भएर हुने उक्त व्यापारमा चीन र भारतले गरेको सम्झौताले त्यसयता राजनीति तातेको छ। दुई ठुला देश चीन र भारतले नेपाललाई हेपेको भनेर टिप्पणी भइरहेको छ। नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका…

Read More

काठमाडौं। सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरिक्षक-आईजिपी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले खापुङलाई आईजिपीमा पदोन्नती गर्ने निर्णय गरेको हो। खापुङले आगामी भदौ १९ गते जिम्मेवारी सुरु गर्नेछन्। कात्तिक २६ गतेसम्म अर्थात झन्डै २ महिना उनी नेपाल प्रहरीको आईजिपी रहनेछन्। खापुङले २०५२ कात्तिक २७ गते प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्। हालका आईजिपी दीपक थापाले ३० वर्षे सेवा अवधिका कारण आगामी भदौ १९ गतेबाट अवकाश पाउँदैछन्। सरकारले उनलाई गत चैत पहिलो साता आईजिपी नियुक्त गरेको थियो। खापुङ आफ्नो ब्याचबाट एक्ला दावेदार थिए। खापुङको नियुक्तीसँगै एउटै विज्ञापनबाट आवेदन दिएका ३ जना आवदेक नेपाल प्रहरीको आईजिपी बनेका…

Read More