







Author: एनआरएन
काठमाडौं। लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट शानदार विदाई पाएका छन्। घरेलु मैदानमा बुधबार बिहान ८५ हजार दर्शकमाझ बेनिनसँग खेलिएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना ३-० गोलले विजयी भयो। मेस्सीले एक गोल र २ असिस्ट गरे। निकोलस ओटामेन्डी र निको पाजले पनि एक एक गोल गरे। मेस्सीका लागि यो विदाई खेलका रुपमा आयोजना गरिएको थियो। मेस्सीको यो खेलसँग २१ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय करियर टुंगिएको छ। उनले सन् २००५ मा पहिलोपटक सिनियर राष्ट्रिय टोलीबाट खेलेका थिए। पछिल्लो ५/६ वर्ष राष्ट्रिय टोलीका लागि उनको स्वर्णिम समय रह्यो। यो अवधिमा उनले एकपटक विश्वकप र दुईपटक कोपा अमेरिका जिते। उनी करियरमा दुईपटक कोपा अमेरिका र दुईपटक विश्वकपको…
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फवाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उक्त हस्ताक्षर पश्चात सातै प्रदेश र क्रमिक रुपमा अन्य क्षेत्रमा समेत क्षमता अभिवृद्धी कार्यक्रम गर्ने जसले गर्दा उद्योगी व्यवसायीहरुको वित्तीय ज्ञान वढ्नुका साथै वित्तीय अनुपालना समेतमा क्षमता अभिवृद्धी हुने विश्वास व्यक्त गर्दै…
काठमाडौं । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०२६/२७ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकका अनुसार बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि तीव्र हुँदै गएपछि आर्थिक गतिविधिमा क्रमशः सुधार आउनेछ। त्यसको परिणामस्वरूप आगामी आर्थिक वर्ष २०२७/२८ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : बिल्डिङ ब्याक डिफरेन्टली फर द फ्युचर’ प्रतिवेदनले बाढीबाट नेपालको उद्योग क्षेत्र सबैभन्दा बढी प्रभावित हुने देखाएको छ। विशेषगरी जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण…
काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार २० अंकभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ११.९६ अंकले बढेर २ हजार ५७८.७३ बिन्दुमा पुगेको हो। बजार परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७५ अंकले उकालो लागेका छन्। तर, नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ। मंगलबार ३५९ वटा स्टकको ४१…
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् ।मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई उक्त पदमा बढुवा गरिएको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालि सकेका छन्। उहाँ बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत…
काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो । प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्दूीय सदस्य मध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक…
काठमाडौं। गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बन गरेको छ। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्ने सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि त्यस विषयमा छानबिन अघि बढाइएको हो। मन्त्रालयले आज सोमबारको निर्णयअनुसार दाहाललाई निलम्बन गरी उनीमाथि लागेको आरोप तथा पदीय आचरणसम्बन्धी विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ। तोकिएका जाँचबुझ अधिकृतले तीन दिनभित्र छानबिन सम्पन्न गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको…
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि ओरालो लागेको बजारले सोमबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकभन्दा बढीले घटेको हो। सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २ हजार ५६६.७६ बिन्दुमा झरेको छ। बजार परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२३ अंक, फ्लोट इन्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंकले घटेका छन्। बजारमा गिरावट आउँदा कारोबार रकमसमेत खुम्चिएको छ। शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम घटेर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३५९…
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७…
काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्। सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सट्रीम इनर्जी ड्रिंकले सञ्चालन गर्ने…