Author: एनआरएन

काठमाडौं। पूर्व सांसद एलपी साँवा लिम्बु आसन्न एमाले महाधिवेशनका लागि सर्वाधिक मतसहित प्रतिनिधि चयन भएका छन्। झापा क्षेत्र नम्बर ४ बाट उनी आसन्न ११ औँ महाधिवेशनका लागि छनोट भएका हुन्। लिम्बुले एक हजार ८ सय ६ मत प्राप्त गरे। यो क्षेत्रबाट उनी गत प्रतिनिधि सभामा निर्वाचित भएका थिए। खुलातर्फ चार जनाको कोटाबाट मेगाहाङ थोप्रा, रविन्द्र लम्साल र हिमबहादुर कार्की पनि प्रतिनिधि चयन भएका छन्। महिलाबाट कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवाबाट रोशन सुवेदीले महाधिवेशनमा भाग लिने भएका छन्। एमालेको ११ औँ महाधिवेशन आगामी मंसिर २७-२९ हुँदै छ। महाधिवेशनमा देशभरबाट करिब २ सय २ सय प्रतिनिधिहरु रहनेछन्। आगामी महाधिवेशन नयाँ…

Read More

काठमाडौं। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक-एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपा प्रवेश गरेका छन्। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यबहाक सभापती डीपी अर्याललगायतले उनलाई स्वागत गरे। पोखरेल २०८१ भदौमा नेपाल प्रहरीको एआईजीबाट अवकाश भएका थिए। त्यसअघि उनी १७ महिना सिनियर एआईजी भएर पनि आईजिपी नियुक्त हुन सकेका थिएनन्। तत्कालिन सरकारले धिरज प्रताप सिंहलाई रातारात एआईजी बनाएर पछि आईजिपीमा बढुवा गरेको थियो। आफुमाथी राजनीतिक शक्ति केन्द्रले अन्याय गरेको र चरम पदीय दुरुपयोग भएको दावी पोखरेलले गर्दै आएका छन्। पोखरेलले रास्वपा प्रवेश गर्दै पार्टी अध्यक्ष रवि लामिछानेमाथी अन्याय भएको र त्यसविरुद्ध लड्ने बताए।

Read More

काठमाडौं। फागुन २१ गते हुने चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपति कार्यालयले स्विकृती दिएको छ। राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रि परिषद्को सिफारिसमा स्विकृती दिने निर्णय भएको जनाएको छ। केही दिन अघि मन्त्रि परिषद् बैठकले सेना परिचालन गर्न सिफारिस गरेको थियो। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ। २०८४ मा हुनुपर्ने चुनाव जेनजी आन्दोलनपछि दुई वर्ष अगावै हुन लागेको हो। जेनजीको केही समूह भने आफ्ना मागहरु सम्बोधन नभएको भन्दै चुनाव हुन नदिने बताइरहेको छ।

Read More

काठमाडौं। राष्ट्रिय झन्डाबाहक नेपाल वायु सेवा निगमका दुई जना पाइलट ग्राउन्डेड भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले विजय लामा र सोनी राणालाई अर्को निर्णय नहुँदासम्मका लागि विमान उडाउन रोक लगाएको हो। उनिहरुले उडानका समयमा फोटो भिडियो लिएको आरोप लागेको छ। यस विषयमा अब निगमले छानबिन गर्ने बुझिएको छ।

Read More

काठमाडौं। डीस होम गोमार्फत नेपाल प्रिमियर लिग २०२५ उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले हेरेका छन्। जनकपुर बोल्ट्स र काठमांडौ गोर्खा बीच भएको त्यो खेल दुई लाख भन्दा बढीको संख्यामा डीस होम गो एपबाट दर्शकले हेरेको डीस होमले जनाएको छ। यसले डीस होम गोको तयारी र प्रविधिक क्षमता पुष्टि अब्बल रहेको देखिएको छ। उद्घाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका थिए। यो समस्या केवल डीस होम गोको नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको थियो । विशेषतः एनपिएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेका थिए। एन्ड्रोइड प्रयोगकर्ताहरूले…

Read More

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले वैदेशिक व्यापारमा ५ खर्ब १५ अर्ब घाटा व्यहोरेको छ । भन्सार विभागले पछिल्लो तथ्यांक हालै सार्वजनिक गरे‍को छ। विभागका अनुसार निर्यात ७७.५१ प्रतिशतले बढेपनि ब्यापार घाटा उच्च देखिएको छ। भन्सार विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गर्दा ९३ अर्ब ४९ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । आयात पनि १८.७१ प्रतिशतले बढेको छ। आयात र निर्यातमा वृद्धिसँगै कूल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

Read More

काठमाडौ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा झन्डै साढे ९ लाख स्मार्टफोन नेपाल भित्रिएका छन्। भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म ९ लाख ४३ हजार ८ सय २६ थान स्मार्ट फोन आयात गरिएको छ। यी स्मार्ट फोनको मुल्य १६ अर्ब १५ करोड १८ लाख रुपैयाँ पर्छ। गत आर्थिक वर्षको सोही अवधिमा ८ लाख २७ हजार ९२५ थान स्मार्ट फोन नेपाल भित्रिएको थियो।

Read More

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ हजारभन्दा बढी विधुतीय गाडी आयात भएका छन्। भन्सार विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा ७ खर्ब ५४ करोड रुपैयाँ भन्दा बढीका ३२ सय २ विद्युतीय कार , जिप र भ्यान नेपाल भित्रिएका छन्। विभागका अनुसार चालु आवको ४ महिनामै ५० किलोवाट सम्ममा १ हजार २ वटा, ५१ देखि १०० किलोवाटसम्मका १८ सय २६ वटा, १०१ देखि २०० किलोवाटसम्मका ३ सय ७४ वटा र २०१ किलोवाट माथिका १ वटा विद्युतीय सवारी आयात भएको छ। यी गाडीको आयातबाट राज्यले ४ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको विभागको तथ्यांक छ।

Read More

काठमाडौँ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रियासमेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियता पछि अर्थ मन्त्रालयले पनि हालैको जेन(जी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ। चुनावको वातावरण निर्माण गर्नका लागि पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडी नै सवारी साधनहरूको खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ। ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा गृह मन्त्रालयको तथ्याङ्क अनुसार जेनजी प्रदर्शनमा मुलुकभर नेपाल प्रहरी…

Read More

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु आधिकारिक प्लेटफर्मबाट मात्रै हेरिदिन आयोजक नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक ओटीटी सेवाप्रदायक डिश मिडिया नेटवर्क लिमिटेडले आग्रह गरेका छन्। एक सूचना जारी गर्दै उनीहरुले अनधिकृत लिंक, साइट तथा माध्यमबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्ने सक्ने जनाउँदै उनीहरुले त्यस्तो कार्य गर्न र यसको प्रचारप्रसार नगर्न अनुरोध गरेका हुन्। अधिकारप्राप्त डिशहोमबाहेक नेपाल प्रिमियर लिगअन्तर्गतका सबै खेल सामग्रीको अनधिकृत बिक्रीवितरण, पुनः प्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने गराउने कार्य गैरकानुनी भएकाले दण्डनीय रहेको उल्लेख गरिएको छ। यसअघि एनपीएलको डिजिटल राइट्स डिसहोमले लिएको थियो।…

Read More