
Author: एनआरएन
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदै छ। हरेक वर्षको साउन १ गते नयाँ आर्थिक वर्ष सुरु हुन्छ भने असार मसान्तमा पुरानो आर्थिक वर्ष समाप्त हुन्छ। नीति तथा कार्यक्रम र बजेटमार्फट गरिएका घोषणाहरु साउन १ गतेदेखि लागु हुन्छन्। यसपटक धेरै कर नीतिमा केही हेरफेर भएका छन्। व्यक्तिगत आयकर, भन्सार, अन्तःशुल्क, हरित कर तथा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर प्रणालीमा उल्लेखनीय परिवर्तन गरिएको छ। व्यक्तिगत आयकरतर्फ १० लाख रुपैयाँसम्मको वार्षिक आयमा १ प्रतिशत कर लाग्ने छ। १० देखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ देखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ देखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४०…
काठमाडौं। विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र पूर्व विजेता स्पेन भिड्ने भएका छन्। बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ गोलले हरायो। यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गरेको थियो। इङ्ल्यान्डविरुद्ध अर्जेन्टिनाका इन्जो फर्नान्डेज र लौतारो मार्टिनेजले गोल गरे। ८४ औँ मिनेटसम्म १-० गोलले पछाडि रहेको अर्जेन्टिनाका लागि फर्नान्डेजले ८५ र मार्टिनेजले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। अर्जेन्टिना लगातार पाचौँ उपाधि जित्ने प्रयाशमा रहेको छ। उसले सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा सन् २०२२ मा विश्वकप जितेको थियो भने त्यसै वर्ष फाइनलिसिमाको पनि उपाधि हात पारेको थियो। यस्तै मेस्री तेस्रोपटक फाइनल…
काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई कैद सजाय सुनाएको छ। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए। पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना तोकिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना…
काठमाडौं। पूर्व विश्व विजेता स्पेन जारी विश्वकपको फाइनलमा पुगेको छ। स्पेनले बुधबार बिहान सम्पन्न सेमिफाइनलमा फ्रान्सलाई २-० गोलले हरायो। स्पेनको जितमा मिकेल ओयारजबल र पेड्रो पोर्रोले गोल गरे। ओयारजबलले २२ औँ मिनेटमा र पोर्रोले ५८ औँ मिनेटमा गोल गरेका थिए। स्पेनले उपाधिका लागि अब इङ्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। स्पेन यसअघि अन्तिमपटक सन् २०१० मा फाइनल पुगेर विश्व विजेता पनि बनेको थियो। उसले दुई वर्षअघि युरो कप जितेको थियो। यो हारपछि फ्रान्स लगातार तेस्रोपटक फाइनल पुग्न असफल भएको छ।
काठमाडौं- पछिल्लो ११ महिनामा झन्डै २१ खर्ब २१ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले वृद्धि भइ २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो। जेठ महिनामा मात्र २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गएको बैशाख महिनमा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो। चालु आर्थिक वर्षको सुरुको ११ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५९ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८…
काठमाडौं। विश्वकप फुटबलको फाइनल पुग्न मंगलबार दुई पूर्व विजेता स्पेन र फ्रान्स भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राती पौने १ बजे अमेरिकाको टेक्ससस्थित एर्लिङ्टन स्टेडियममा हुने छ। ९५ हजार दर्शक क्षमताको यो रंगशालामा अहिलेका दुई चर्चित युवा खेलाडी लमिन यमाल र केलियन एमबाप्पे आमने सामने हुनेछन्। एमबाप्पे ८ गोलसहित गोल्डेन बुटको दौडमा पनि छन्। दुवै टोलीले जारी प्रतियोगितामा एक खेल पनि हारेका छैनन्। स्पेनले फ्रान्सविरुद्ध भएका पछिल्ला दुई भिडन्त जितेको छ, युरो कप र नेसन्स लिगको सेमिफाइनलमा भिडेको थियो।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकहरुको नाफा १९ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । यस बैंकले ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस…
काठमाडौं। साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ। आइतबार बिहान भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २-१ र अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई ३-१ ले हरायो। अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र इङ्ल्यान्ड भिड्नेछन्। यस्तै अर्को सेमिफाइनलमा फ्रान्सले स्पेनको सामना गर्ने छ। नर्वेविरुद्ध इङ्ल्यान्डका जुड बेलिङ्घमले गोल गरे। यता स्विट्जरल्यान्डविरुद्ध म्याक एलिस्टर, जुलियन अल्भारेज र लौतारो मार्टिनेजले गोल गरे।
काठमाडौं। युरो कप विजेता स्पेन जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ। स्पेनले शनिबार बिहान भएको खेलमा बेल्जियमलाई २-१ गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले ८८ औँ मिनेटमा निर्णायक गोल गरेका थिएस। उनी गोल हुनुभन्दा १ सय १७ सेकेन्ड अगाडि मात्र मैदान प्रवेश गरेका थिए। स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्ने छ।
काठमाडौं। फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार बिहान भएको क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओसमाने डेम्बेलेले गोल गरे। पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरमा चुकेका एमबाप्पेले दोस्रो हाफमा टिमलाई अग्रता दिलाएका थिए। उनले डेम्बेलेको गोलमा पनि असिस्ट गरे। फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। एमबाप्पेले जारी प्रतियोगितामा ८ गोल गरेका छन्। अघिल्लो विश्वकपमा उनले यति नै गोल गरेर गोल्डेन बुट जितेका थिए। यसपटक अर्जेन्टिनाका लियोनल मेस्सीले पनि ८ गोल गरिसकेका छन्।