काठमाडौं। रवि लामिछानेविरुद्ध सम्पत्ती शुद्धिकरणको अभियोग पनि दर्ता भएपछि यतिबेला यसले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ। केहि दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका थिए।
आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ती शुद्धिकरण दुवै अभियोग लगाएर मुद्धा दायर गरेको छ।

हामीले अहिले यही चर्चित सम्पत्ती शुद्धिकरणबारे वरिष्ठ अधिवक्ता तथा कानुनविद् डा. टिकराम भट्टराईसँग कुराकानी गरेका छौँ।


