काठमाडौं– जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ।
सुर्यदर्शन सहकारीको बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई अदालतले ६५ लाख रुपैया धरौटीमा छाड्न आदेश गरेको हो। रविले यो रकम बुझाएपनि उनी तत्काल छुट्ने छैनन्।

अन्य जिल्लामा पनि मुद्धा विचाराधिन भएकाले अब त्यहाको थुनछेकका लागि उनलाई लगिने छ। पर्सा, चितवन,रुपन्देही र काठमाडौंमा पनि उनीविरुद्ध मुद्धा छ। रविलाइ प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो।


