काठमाडौं– सहकारी ठगि प्रकरणमा काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धामा यतिबेला प्रतिवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको थुनछेक बहस भइरहेको छ। उनी आइतबार अदालत हाजिर भएका थिए।
पहिलो दिन बयान मात्र सकिएको थियो।
सोमबारदेखि बहस सुरु भयो। बहसको पहिलो दिन जाहेरवालातर्फबाट १० जना सरकारी वकिल र २ जना निजि वकिलले बहस गरे।

हामीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेलाई सोधेका छौँ– वकिलको यति लामो लाइन किन लाग्यो ?


