काठमाडौं। सोमबारदेखि दशरथ रंगशालामा चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै छ।

प्रतियोगितामा नेपालसहित लेबनान, किर्गिजस्तान र म्यानमार सहभागी हुँदैछन्। प्रतियोगितामा वरियताका आधारमा म्यानमार सबैभन्दा बलियो देखिएको छ।
लेबनानलाई नेपालले वाफ च्याम्पियनसिपको सेमिफाइनलमा हराएको थियो। प्रतियोगिताको पूर्व सन्ध्यामा हामीले नेपालका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बासँग कुराकानी गरेका थियौँ।


