काठमाडौं– नेपालमा सोमबारदेखि सुरु हुन लागेको फोर नेसन्स कप वुमन्स फुटबल प्रतियोगिता खेल्न सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छिन्।
फ्रान्समा व्यावशायीक फुटबल खेलिरहेकी साम्बा सोमबार बिहान नेपाल आइपुगेकी हुन्। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा पहिलो दिन किर्गिजस्तानसंग खेल्दै छ।

साम्बाले प्रतियोगिता जित्ने विश्वास व्यक्त गरेकी छिन्।


