काठमाडौं। भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययन गरिरहेकी २० वर्षीया नेपाली छात्रा मृत भेटिएपछि उक्त कलेजले त्यहाँ अध्ययन गरिरहेका ५ सयभन्दा बढी नेपाली विधार्थीलाई तत्कालै घर फर्कन उर्दी जारी गरेको छ।

बि टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृती लम्साल आइतबार साँझ कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। सोमबार त्यस कलेजमा अध्ययन गरिरहेका नेपाली विधार्थीले कलेजले लापरबाही गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए। त्यसपछी कलेज प्रशासनले तत्कालै होस्टल खाली गर्न नेपाली विधार्थीलाई निर्देशन दिएको थियो।
नेपाली विधार्थीहरु हताहतार होस्टलमा रहेका सामानहरु लिएर निस्कन बाध्य भएका थिए। उनिहरुले बस र ट्रेन चढेर त्यो ठाउँ छाडेको भारतिय सन्चार माध्यमहरुले जनाएका छन्। कतिपयले आफुहरुसँग पैसा नभएकोले अलपत्र परेको भारतीय सन्चार माध्यमलाई बताएका छन्।
लोकमत टाइम्स डटकमले नेपाली विधार्थी अनिलकुमार यादबलाई उदृत गर्दै लेखेको छ- हामीले धर्ना सुरु गरेको एक घण्टामै कलेज छाड्न निर्देशन भएको थियो।
भारतीय सन्चार माध्यमका अनुसार प्रकृती आफुसँगै पढिरहेका भारतीय विधार्थीसँग प्रेम सम्बन्धमा थिइन्। यद्यपी यसको स्वतन्त्र पुष्टी हुन बाँकी छ। ती युवकले हरासमेन्ट गरिरहेको भन्दै चार साताअघि प्रकृतीले कलेजको इन्टर नेसनल डिपार्टमेन्टमा उजुरी गरेको नेपाली विधार्थीहरुले बताएका छन्। तर उक्त उजुरीमाथी कलेजले कुनै कारबाहि नगरेको भन्दै प्रकृतीको मृत्युपछि नेपाली विधार्थी आक्रोशित बनेका थिए। उनिहरु कलेजको इन्टरनेसनल डिपार्टमेन्टमा
प्रहरीले मृतक लम्सालको शव पोस्ट मार्टमका लागि अस्पताल लगेको छ। पोस्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाइने भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। लम्सालको मृत्युमा कलेजको कुनै सम्बन्ध नरहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा प्रकृतीले आत्महत्या गरेको निश्कर्श निकालेको छ। यता मृतक युवतीलाई दुर्व्यवहार गरेको भनिएका युवकलाई पनि प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सन्चार माध्यमहरुमा उल्लेख छ।
सोमबार नेपालको संसदमा रास्वपा सांसद सुमना श्रेष्ठले घटनाबारे जानकारी गराउन सभामुखसँग समय माग गरेकी थिइन्। तर उनले बोल्न पाइनन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलीले सामाजिक सन्जालमार्फत घटनाबारे बुझ्ने काम भइरहेको जानकारी गराएका थिए। यसैबीच चर्को दबाब र आलोचनापछि उक्त कलेजले निकालिएका विधार्थीलाई फिर्ता हुन भन्दै होस्टलमा बस्न कुनै समस्या नहुने उल्लेख गरेको छ।


